Comments Add Comment

बाराबाट ३९ बोरा रासायनिक मल बरामद

२७ चैत, वीरगञ्ज । अवैध रूपमा बिक्रीका लागि राखिएको ठूलो परिमाणको रासायनिक मल प्रहरीले बरामद गरेको छ । बारा प्रसौनी गाउँपालिका-५ प्रस्टोकाबाट ३९ बोरा रासायनिक मल बरामद गरेको हो ।

स्थानीय शम्भु साह र रमेश साहले लुकाएर राखेको अवस्थामा रासायनिक मल बरामद गरिएको थियो । चैत २६ गते साँझ उनीहरूले प्रसौनी-६ मा नै रहेको ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डीएपी मल खरिद गरी बेच्ने उदेश्यले लुकाई छिपाई राखेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले बिहीबार निज शम्भु र रमेशको स्टोरमा ताल्चा फोडेर खानतलासी गरेको थियो । स्टोर खानतलासी गर्दा ५० केजीका २९ बोरा युरिया र १० बोरा डीएपी मल फेला परेको बाराका प्रहरी प्रवक्ता एवं डीएसपी गौतम मिश्रले जानकारी दिए । बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।

आधिकारिक रुपमा दर्ता रहेका कृषि सहकारी संस्थाहरूले मात्र कृषि सामाग्री कम्पनी लिमिटेडबाट सरकारी अनुदानका मल खरिद गर्न पाउँछन् । त्यसरी खरिद गरिएको मल सोझै किसानलाई बिक्री गर्नु पर्ने हुन्छ । तर प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा शम्भु र रमेश साहलाई मल उपलब्ध गराएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment