Comments Add Comment

दीपक, विपिन र दयाहाङले राज गरेको वर्ष २०७६

यो वर्ष नेपाली चलचित्रको व्यापार मात्र होइन, कलाकारको करिअर पनि सुखद देखिएन । धेरै स्टार भनिएका कलाकार यो वर्ष चिप्लिए । केही कलाकारको त चलचित्र नै रिलिज भएन ।

अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनियाँ जस्ता कलाकारको चलचित्र नै रिलिज नहुँदा केही नायकले भने यो वर्ष गज्जबको चर्चा पाए ।

नायक विपिन कार्कीका लागि यो बर्ष सुखद नै रहेको मान्नुपर्छ । चलचित्र ‘सेल्फी किङ्ग’ व्यापारिक रुपमा असफल भए पनि यस चलचित्रबाट विपिनले राम्रै चर्चा कमाए ।

यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । विपिनको अभिनयमा विविधता यो चलचित्रबाट पनि देखियो ।

बक्स अफिसमा भने उनलाई यो बर्ष ‘जात्रै जात्रा’ले सफलता दिलायो । यो चलचित्र जेठको ३ गते रिलिज भएको थियो । यो चलचित्रले व्यापारमा झन्डा गाड्दा विपिनलाई फाइदा भयो ।

चलचित्रले समिक्षागत रुपमा तारिफ कमाउँदै गर्दा विपिनको कामको पनि चर्चा भयो । दुई वटा चलचित्रबाटै तारिफ पाएका विपिनि यो वर्षका सफल नायक हुन् ।

नायक दयाहाङ राईका लागि पनि यो वर्ष सुखद मान्नुपर्छ । ‘जात्रै जात्रा’मा उनको उपस्थितीले दर्शकलाई नयाँ स्वाद दियो । दयाहाङ यो चलचित्रबाट छाए ।

यो वर्षकै सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ का नायक दयाहाङका लागि बक्स अफिस सफलता पनि स्वादिलो तरिकाले नै मिल्यो ।

चलचित्र हाक्ने मुख्य कलाकार भएकाले पनि ‘कबड्डी कबड्डी कबड्डी’ सफलताको श्रेय उनर्लाइ पनि जान्छ ।

उसो त, बक्स अफिसमा उनी अभिनित तथा निर्मित चलचित्र ‘माछा माछा’ चिप्लियो भने चलचित्र ‘सेन्टी भाइरस’मा उनको उपस्थितीलाई दर्शकले निको मानेनन् । तर, दुई सफल चलचित्र दिएका दयाहाङका लागि यो बर्ष सुखद देखिएको छ ।

यो वर्ष फेरि एकपटक चम्किएका कलाकार हुन, दीपकराज गिरी । चलचित्र ‘छ माया छपक्कै’मा लगानी गर्ने जिम्मा उनले रोहित अधिकारीलाई सुम्पिए ।

रोहितको लगानी रहेको चलचित्रको नाफाको आधा भन्दा बढी हिस्सा लिने घोषण उनले गरे । उनको जोखिमले यो बर्ष उनको काम गर्ने शैलीमा नयाँपन देखियो ।

तर, जोखिम मोलेर पनि उनी सफल भए । यो बर्षकै सर्वाधिक कमाई गर्ने चलचित्रको रुपमा ‘छ माया छपक्कै’ रहन पुग्यो । दीपकराज गिरीलाई हलमा हेर्ने दर्शकको भीड मात्र देखिएन, यसपटक उनको अभिनयलाई समिक्षकले पनि तारिफ गरे ।

पल शाह, पुष्प खड्का जस्ता नायक चिप्लिएको यो वर्ष दीपकराज गिरी, दयाहाङ राई, विपिन कार्की भने चम्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment