Comments Add Comment

नेशनल प्याथ ल्यावले दियो प्रदेश ५ लाई पीसीआर मेसिन

२८ चैत, बुटवल । बुटवलमा रहेको नेशनल प्याथ ल्यावले उच्च क्षमताको रियल टाइम पीसीआर मेसिन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

यो मेसिनको प्रयोगले परीक्षणको नतिजाले तीव्रता पाउने छ  । यस अघि दैनिक १४/१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसँगै दिनमै साढे दुई सयको परीक्षणको नतिजा आउने दाबी नेशनल प्याथ ल्यावले गरेको छ ।

प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा सञ्चालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा आउने छ ।

१५ दिनका लागि उक्त मेसिन सहितका अन्य उपकरण समाजिक विकासमन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरेको संस्थाका सञ्चालक शरद भुषालले बताए ।

‘अहिलेको महामारीको अवस्थामा छ,सरकारले धेरै भन्दा धेरै परीक्षण गर्न सक्यो भने सहज हुन्छ,।त्यसैले मेसिन दिएका हौं ।’ उनले भने ।

समाग्री बुझ्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले विपत्तीका बेला सबैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेसिन तत्काल प्राविधिकहरुलाई उपलब्ध गराई सञ्चालनमा ल्याउने बताए ।

प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले सहयोग प्राप्त पीसीआर मेसिनको सबै चेकजाँच पछि सञ्चालनमा ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment