+
+
Shares

पहाडी क्षेत्रमा मौसम बदली, साँझ पानी पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १४:४९

२९ चैत, काठमाडौं । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ ।

बिहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ ।

स्थानीय वायुको प्रभावले मौसम बदली भएको र पहाडी क्षेत्रमा सामान्य वर्षा हुने मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

‘लगभग नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ, साँझपख सामान्य वर्षा हुन्छ’ उनले भने ‘यो बदली धेरै समय पनि रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?