+
+
Shares

दाङका किसानले सुरक्षाकर्मीलाई दिए १६० लिटर दूध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते ८:२०
तस्वीर : युगबोध ।

३० चैत, तुलसीपुर । लामो समयको लकडाउनका कारण कृषि उत्पादन खेर जान थालेको गुनासो सुनिएको छ । बजार बन्द भएकाले कतिपयले तरकारी खेतबारीमा कुहिन थालेको र दूध दुहेर गाईभैंसीलाई नै खुवाउन थालेको समाचार सार्वजनिक भएका छन् ।

तर, दाङको तुलसीपुरका दुग्ध उत्पादक किसानले भने खिर खानका लागि भन्दै सुरक्षाकर्मीलाई निःशुल्क १६० लिटर दूध दिएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ११० लिटर र सशस्त्र बेसक्याम्प तुलसीपुरलाई ५० लिटर दूध उपलब्ध गराएको दुग्ध उत्पादक संघ तुलसीपुर नगर अध्यक्ष लोकराज डाँगीले बताए ।

लकडाउनलाई कार्यान्वयन गराउन र शान्ति सुरक्षा दिन अहोरात्र खटिएकाले प्रहरीहरुलाई हौसला प्रदान गर्न तुलसीपुर उपमहानगरपालिकामार्फत् दूध उपलब्ध गराइएको डाँगीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?