+
+
Shares

प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १४:५०

८ असोज, काठमाडौं । प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. राम लामाले यस्तो माग राखेका हुन् ।

‘देशले एक महान् शिक्षाविद् तथा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वलाई गुमाएको छ,’ उनले भने ।

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. शर्माको बुधबार निधन भएकोथियो । यसले नेपाली शैक्षिक जगत् र सिंगो राष्ट्रलाई नै स्तब्ध बनाएको सांसद लामाले बताए ।

प्राडा. शर्माले सन् १९८९ मा सीटीईभीटीका प्रथम कार्यकारी निर्देशकका रूपमा नेपालको प्राविधिक शिक्षाको जग बसालेका सांसद लामाले बताए । त्यसपछि, सन् १९९१ मा काठमाडौं विश्वविद्यालय स्थापना गरी करिब दुई दशकसम्म नेतृत्व गरेको स्मरण गरे ।

शर्माकै दूरदृष्टिअनुसार काठमाडौं विश्वविद्यालयलाई स्वायत्त विश्वविद्यालय तथा अनुसन्धानको प्रतिष्ठित केन्द्रका रूपमा स्थापित गरिएको भन्दै सांसद लामाले नेपालको उच्च शिक्षामा नयाँ सोच, नयाँ मानक र नयाँ सम्भावनाको आधारसमेत तयार गरेको भन्दै सम्झिए

‘उहाँजस्तो शिक्षाविद् जन्मिन देशले फेरि सयौँ वर्ष कुर्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘नेपालको प्राविधिक तथा उच्च शिक्षाको विकास र शैक्षिक नीति निर्माणमा उहाँले पुर्‍याउनुभएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्दै, प्रा. डा. सुरेशराज शर्माज्यूलाई राष्ट्रिय विभूति घोषणा गरी राष्ट्रीय सम्मान प्रदान गर्न सम्माननीय सभामुखमार्फत नेपाल सरकारसमक्ष माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?