+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डोटीमा थप चार हजारको र्‍यापिड टेस्ट गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते २०:१४

३० चैत, डोटी । बिभिन्न मितिमा जिल्ला बाहिरबाट डोटी प्रवेश गरेका तीन हजार नौ सय ४५ जनाको पनि र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्न माग गरिएको छ ।

हाल यस जिल्लामा चैत ११ पछि जिल्ला प्रवेश गरेकाहरुको नमुना परीक्षण भएकामा चैत १ देखि १० गतेसम्म प्रवेश गर्नेहरुको पनि नमुना परीक्षण गर्न माग गरिएको हो ।

आइतबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले चैत्र १ गतेदेखि १० गतेसम्म नेपालभित्रैका बाहिरी जिल्ला, भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको र्‍यापिड टेष्ट गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार हाल ती व्यक्तिहरु जिल्लाका ९ वटा स्थानीय तहमा आआफ्नै घरमा क्वारेन्टाइनमा छन् । तिनीहरु सबैको परीक्षण गर्नका लागि आवश्यक पर्ने किट उपलव्ध गराइदिन प्रदेश सरकारलाई अनुरोध गरिएको प्रजिअ पौडेलले बताए ।

चैत १ गतेदेखि १० गतेसम्म जिल्लामा प्रवेश गरेकामध्ये सवैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा रहेका छन् । यस नगरपालिकामा आठ सय १८ जना, सायल गाउँपालिकामा तीन सय, जोरायल गाउँपालिकामा चार सय २८, आदर्श गाउँपालिकामा दुई सय ७९, बोगटान फुड्‍सिलमा तीन सय ८४, बडीकेदारमा चार सय ४९, पूर्वीचौकीमा दुई ३२, केआई सिंहमा चार सय ११ र शिखर नगरपालिकामा सात सय ३४ रहेका छन् ।

चैत ११ गतेदेखि यता जिल्ला प्रवेश गरेका सबैलाई स्थानीय तहहरुले क्वारेण्टाइनमा राखेका छन् । उनीहरु सवैका परीक्षण भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन र अन्य गरी तीन सय ३० जनाको स्वाब संकलन गरेकोमा दुई सय ५७ जनाको नजिता आइसकेको छ । सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?