+
+
Shares

भारतमा कोरोनाबाट संक्रमितको संख्या नौ हजार नाघ्यो

तीन सयभन्दा बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते ११:४१

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या नौ हजार एक सय ५२ पुगेको छ । त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि तीन सय ८ पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको हो ।

भारतको महाराष्ट्रमा सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा एक हजार नौ सय ८५ जना मानिसमा संक्रमण देखिएको छ भने एक सय ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्ली र तामिलनाडुमा पनि संक्रमितको संख्या एक हजार नाघेको छ ।

अहिलेसम्म भारतमा आठ सय ५७ जना संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?