+
+
Shares

११ हजार नमूना परीक्षण गर्दा १४ जनामा भेटियो कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते १७:०५

१ वैशाख, काठमाडौं । देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो ।

५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्‍यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

र्‍यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ ।

परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।

काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना लाइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?