Comments Add Comment

उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने २९९३ जना प्रहरीको नियन्त्रणमा

फाइल फोटो ।

१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ७७५ महिलासहित  दुई हजार ९९३  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार यो संख्या सोमबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई तीन घण्टा कोरोना भाइरसबारे प्रशिक्षण दिएर छाडिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार काठमाण्डौबाट दुई हजार ३६३, ललितपुरबाट ६१० र भक्तपुरबाट २० जनालाई नियन्त्रणमा लिएको हो ।

यसैगरी  २१४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २२१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment