Comments Add Comment

पछिल्ला रिपोर्टले सरकार सतर्क, प्रदेश २ र सुदूरपश्चिम एक्सनको केन्द्रमा

योगेश भट्टराईको अपिल- विदेशबाट आउनेले अनिवार्य परीक्षण गराउनुस्

१ बैशाख, काठमाडौं । सरकारले पछिल्ला केही रिपोर्टहरुले कोभिड १९ संक्रमणविरुद्ध अझ कठोर हुनुपर्ने भन्दै सर्वसाधारणलाई साबधानी अपनाउन अपिल गरेको छ । केही कष्ठ सहेर पनि सरकारका निर्णय र निर्देशनहरुको पालना गर्न कोभिड १९ विरुद्धको उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले आग्रह गरे ।

पछिल्लोपटक रौतहट र कैलालीमा संक्रमित भेटिनु र काठमाडौंमै तीन जना शंकास्पद व्यक्तिको र्‍यापिड टेस्टमा पोजेटिभ देखिनु खतराको घण्टी भन्दै सरकारले थप सावधानीको तयारी गरेको हो । विपत व्यवस्थापन परिषदको बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै मन्त्री भट्टराईले सरकार पछिल्ला रिपोर्टहरुपछि थप एक्सनमा गइरहेको बताए ।

उनले भने- हामीले जनतालाई थप सावधानी अपनाउन र जहाँ हो त्यो ठाउँबाट अन्यत्र नहिड्न अपिल गरिरहेका छौं । खास गरी विदेशबाट पछिल्लो समय भारतबाट प्रवेश गरेकाहरुमा परीक्षणको दायरा पनि बढाइरहेका छौं । दुई नम्बर र सुदूर पश्चिम प्रदेशलाई पछिल्लो एक्सनको केन्द्र बनाउने योजना हाम्रो छ ।

सरकारले र्‍यापिड टेस्ट किट र पीसीआर दुबै माध्यमबाट परीक्षणको दायर अझ बढाइरहेको मन्त्री भट्टराईले बताए । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा साधन स्रोत र जनशक्ति केन्दि्रत गरिने र काठमाडौं उपत्यकामा पनि परीक्षणको दायर बढाउने प्रक्रिया शुरु भएको मन्त्री भट्टराईले जानकारी दिए ।

उनले विदेशबाट आएकालाई अपिल गर्दै भने- जनस्तरबाटै सतर्कता र सजगता अपनाउँ । विदेशबाट कोही आउनुभएको छ भने आफैं परीक्षणका लागि तोकिएका स्वास्थ्य केन्द्रमा जानुस्, निःशुल्क जाँच हुन्छ । अथवा जो साथमा छिमेकमा हुनुहुन्छ, उहाँहरुले त्यस्ता व्यक्तिलाई परीक्षणका लागि प्रोत्साहन गर्नुस् । यो लडाइँ सरकार र जनता मिलेर मात्र जितिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment