+
+
Shares

सीके राउतले फुके शंख, कार्यकर्ताले बजाए ताली

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते ९:५१

२ बैशाख, जनकपुरधाम । कोरोना भाइरसविरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शंख बजाएका छन् । मधेशमा मंगलबार सिरुवा पर्वको अवसर पारेर उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख बजाएका हुन् ।

उनकै आह्वानमा मधेशका जिल्लाहरुमा शंख, घण्ट, थाली र ताली बजाइएको छ । उनका कार्यकर्ताहरुले सामूहिक रुपमा बिभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा थाली, ताली, घन्ट, शंख, सिटी बजाएका हुन् ।

कोरोनाबिरुद्ध लड्न अग्र मोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद ज्ञापन गर्न एकता प्रदर्शन गरिएको राउतले बताएका छन् ।

यसअघि डा. राउतले २१ चैतमा कार्यकर्ताहरुलाई शंख, घण्ट, ताली, सिटी बैशाख २ गते बजाउन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?