+
+
Shares

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १५:४६

२ वैशाख, काठमाडौं । कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोप लागेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ । पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?