Comments Add Comment

फेसबुकमा अफवाह फैलाएको आरोपमा पत्रकार पक्राउ

२ वैशाख, वीरगञ्ज । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले मकवानपुरको हेटौंडाबाट एक पत्रकारलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने ३० बर्षका रवीन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले मंगलबार हेटौंडाबाट नियन्त्रणमा लिएको हो ।

रवीन्द्रले भ्रामक खबर फैलाएर सामाजिक शान्ति सुव्यवस्थामा खलल पु¥याएको दावी प्रहरीले गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएका कारण नियन्त्रणमा लिएको डीएसपी गोविन्द पुरीले जानकारी दिए ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘जितपुरमा १ जना र सिमरामा २ जनामा पनि संक्रमण देखिएको भन्ने कुरा आयो । अझै सतर्कता अपनाउन जरुरी’ भन्ने स्टाटस लेखेका थिए ।

मंगलबार नै गौतमलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत बारामा पेश गरेको छ । अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको डीएसपी पुरीले बताए ।

हेटौंडाको सरोवर एफएममा कार्यरत गौतमले बागमती खबर अनलाइन समेत सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment