+
+
Shares

नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री बालेन शाहले चासो दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रधानमन्त्री बालेन शाहले चासो देखाएका छन्।
  • सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
  • प्रधानमन्त्रीको कार्यालयले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र पूर्वजानकारी पनि नभएको स्पष्ट पारेको छ।

१३ कात्तिक, काठमाडौं । सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री बालेन शाहले चासो दिएका छन्। उनका सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले सम्बन्धित निकायलाई धरपकड नगर्न निर्देशन दिएका हुन्।

शुक्रबार माथिको आदेश भन्दै विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसबारे प्रधानमन्त्रीको कार्यालयले आफ्नो कुनै पनि संलग्नता नरहेको र घटनाबारे थाहा पाउनेासाथ पत्रकारलाई रिहा गर्न भनेको दाहालको भनाइ छ।

‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ उनले भनेकी छन्, ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?