+
+
Shares

समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो : गाउँले

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै छिरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै संविधान नै सकिने टिप्पणी गरेका छन्।
  • आज प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोबराज बराल र डीएनए खबरका धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरी नयाँ पत्रिका कार्यालय पुगेर नवराज मैनालीबारे सोधखोज गरिरहेको छ भने दियो पोस्टका सुदीप विश्वकर्मा र मदन ढुंगानालाई लिन कार्यालय पुगेको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै सकिने टिप्पणी गरेका हुन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था रहे पनि अहिले संविधानको रक्षाका लागि नै लड्नुपर्ने परिस्थिति आएको उनको भनाइ छ।

‘समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो,’ उनले भनेका छन्, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।’

आज मात्रै पत्रकारले समाचारको स्रोतको सोध्दै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोबराज बराल र डीएनए खबरका पत्रकार धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।

अहिले प्रहरीले नयाँ पत्रकार कार्यालय पुगेर पत्रकार नवराज मैनालीबारे सोधखोज गरिरहेको छ। मैनाली नयाँ पत्रिका कार्यालयमा नदेखेपछि प्रहरी टोली त्यहीँ बसिरहेको नयाँ पत्रिकामा कार्यरत पत्रकारले जानकारी दिए।

त्यस्तै दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई लिन भन्दै दियो पोस्टको कार्यालय पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?