+
+
Shares

मर्निङवाक र इभिनिङवाक पनि नगर्न नगरपालिकाको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १०:२४

३ बैशाख, काठमाडौं । महालक्ष्मी नगरपालिकाले मर्निङवाक र इभिनिङवाकका बहानामा घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङवाक र साँझमा हिँड्ने इभिनिङवाक तत्काल रोक्न अनुरोध गरेको हो ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले गुनासो गरे । उनले भने, ‘हामीले धेरैपटक नगरवासीलाई मनिङवाक र इभिनिङवाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन । नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि १ भन्ने डर पनि रहेको छ ।’

नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?