
नेपाल सरकारले वैशाखको १५ गतेसम्म लक डाउनको मिति तोकिसकेको छ । यसपछि, परिस्थिती अनुसार लक डाउनको बिषयमा निर्णय हुनेछ । यसैले पनि वैशाख महिनामा कुनै पनि चलचित्र रिलिज नहुने पक्का छ ।
नेपाली चलचित्रलाई पुरानै अवस्थामा फर्किन समय लाग्नेछ । यसले चलचित्र रिलिजको तालिका पनि प्रभावित हुने निश्चित छ ।
गतबर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुन नसकेपछि यो बर्ष नायक पल शाह र नायिका पूजा शर्मालाई विशेष छ । किनकी, यी दुइको महत्वकांक्षी यो चलचित्र यो बर्ष रिलिज हुनेछ ।
तर, यो मात्र होइन पल र पूजाले अभिनय गरेका अन्य केही चलचित्र पनि यो बर्ष बजारमा आउँदैछन । पूजा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ यो बर्ष हलमा लाग्नेछ । यी दुबै चलचित्र रिलिजका लागि लगभग तयारी अवस्थामा छन् ।
यता, नायक पल शाहको चलचित्र ‘हृदयभरि’ पनि यो बर्ष हलमा लाग्नेछ । यो बाहेक पलको केही प्रतिशत छायांकन भएको चलचित्र ‘२ नम्बरी’ पनि यो बर्ष हलमा लाग्नेछ ।
यसरी हेर्दा पल र पूजाका लागि यो बर्ष विशेष रहेको देखिन्छ ।
तर, लक डाउन खुलेर चलचित्र निर्माताले चलचित्रको रिलिज मिति तोक्न कहिलेबाट थाल्नेछन, यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया 4