Comments Add Comment

मृत्यु संस्कारबाहेकका प्रयोजनका लागि अब सवारी पास नपाइने

३ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ ।

सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका हो ।

लकडाउन प्रभावकारी पार्न बुधबार (बैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारबाट उसले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।

अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment