Comments Add Comment

सुदूरपश्चिम प्रदेशमा ६ हजार बढीको कोरोना परीक्षण

३ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म चार हजार नौ सय ८६ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबारसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधि र प्रयोगशालामा गरी छ हजार जनाभन्दा बढीको कोरोना संक्रमण परीक्षण गरिएको जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आरडीटी विधिबाट तीन हजार पाँच सय नौ जना र पीसीआर विधिबाट एक हजार चार सय ७७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । दुई हजार पाँच सय २८ जनाको स्वाब संकलन गरिएकोमा प्रयोगशालाबाट एक हजार ५१ जनाको नमुना परीक्षणको नतिजा आउन बाँकी रहेको छ ।

र्‍यापिट टेस्ट अन्तर्गत तीन हजार पाँच सय नौ जनाको नमुना संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । मन्त्रालयका अनुसार, बुधबारसम्म कैलालीमा एक हजार सय ४३, कञ्चनपुरमा चार सय १५ , बैतडीमा एक सय ४६, डडेल्धुरामा ९३, डोटीमा तीन सय १२, बझाङमा चार सय ६४, अछाममा ६४ र बाजुरामा ६३ जनामा र्‍यापिड टेस्ट गरिएको छ ।

पीसीआर प्रविधिबाट एक हजार चार सय ७७ जनाको परीक्षण गरिएकोमा पाँच जनालाई संक्रमण पुष्टि भएको थियो । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment