+
+
Shares

लकडाउनमा तीन दर्जन व्यक्ति र फर्म कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १०:४६

४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन लकडाउन गरिएको अवधिमा तीन दर्जन व्यक्ति तथा फर्महरु कालोसूचीमा परेका छन् ।

कर्जा सूचना केन्द्रले लकडाउन शुरु भएको ११ चैतदेखि यता १ वैशाखसम्म ३६ जना कालोसूचीमा परेको जानकारी दिएको छ ।

केन्द्रले दिएको जानकारीअनुसार लकडाउन शुरु भएको ४ दिनसम्म (११ गतेदेखि १५ गतेसम्म) कोही पनि कालोसूचीमा परेका थिएनन् । १६ गते एकैदिन ३ जना व्यक्तिलाई कालोसूचीमा राखिएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रकाअनुसार २०७७ सालको दोस्रो दिन २ वैशाखमा मात्रै पनि २ व्यवसायिक फर्म र ७ व्यक्ति गरी ९ लाई कालोसूचीमा राखिएको छ ।

समयमा कर्जा नतिर्ने तथा चेक बाउन्समा परेकाहरुलाई समेत केन्द्रले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राख्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?