Comments Add Comment

बार्सिलोनामा लेजेण्ड बन्न चाहन्छन् मार्टिन

४ वैशाख, काठमाडौं । फरवार्ड मार्टिन ब्रेथवेइटेले बार्सिलोनामा आफ्नो करिअर धेरै माथि पुग्ने आशा राखेका छन् ।

लुइस सुआरेज र ओसमान डेम्बेले घाइते भएपछि आकस्मिक रुपमा गत फेब्रुअरीमा क्याम्पनोउ पुगेका उनले आफू बार्सिलोनाको लेजेण्ड बन्न चाहेको बताएका छन् ।

ट्वीटरको प्रश्नोत्तरमा भाग लिएका ब्रेथवेइटेलाई बार्सिलोनामा लेजेण्ड बन्न चाहना छ कि भन्ने भन्ने प्रश्नमा उनले भने, ‘निश्चय नै छ’ भन्ने जवाफ दिए ।

डेनमार्कका यी फरवार्डले अन्य प्रश्नको जवाफ दिँदा पनि उनको माइन्डमा बार्सिलोना नै थियो ।

को खेलाडी आइडल भन्ने प्रश्नमा उनले भने, ‘फुटबलमा रोनाल्डो लुइज नाजारियो डे लिमा । फुटबल बाहिर मुहम्मद अली ।’
यस्तै उनले मन पर्ने स्टेडियम पनि बार्सिलोनाको क्याम्पनोउ रहेको बताए ।

बार्सिलोनाको इतिहासमा मन पर्ने क्षण कुन हो भन्ने प्रश्नमा उनले भने, ‘धेरै छन् । तर सन् २००९ मा आन्द्रे इनएस्टाले चेल्सीविरुद्ध गरेको बराबरी गोल मलाई राम्रोसंग याद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment