Comments Add Comment

पेन्टिङको माध्यबाट जिन्दगी बुझाउँदै अर्जुन

निर्माता अर्जुन कुमारको परिचय एउटा मात्र छैन् । उनी, श्रोताहरुको माझ गायकको रुपमा पनि परिचित छन् । उनका केही गीतहरु अहिले पनि श्रोताको मुखमा झुन्डिएका छन् ।

उनै, अर्जुन चलचित्रको व्यवसायमा लागेपछि निर्माताको रुपमा चिनिए । तर, उनी २ दशक अगाडि पेन्टिङ गरेर जीवन चलाइरहेका थिए । यो भने कमैलाई मात्र थाहा हुन सक्छ ।

अहिले देशभर लक डाउन छ । तर, निर्माता कुमारले भने २ दशक अगाडिदेखि छाडेको कामलाई अगाडि बढाइरहेका छन । उनी, लक डाउनसँगै हरेक दिन ४ घन्टा पेन्टिङ गर्नमै समय बिताउँछन् । अर्जुनले अनलाइनखबरसँग भने– ‘हो, म अहिले हरेक दिन ४ घन्टा पेन्टिङ गरिरहेको हुन्छु । यसैले मलाई लक डाउन छ जस्तै लाग्दैन । २ घन्टा गीत गाउँछु । केही समय व्यायम गर्छु । दिन यसै कटेको छ ।’

अर्जुनले तयार पारेका पेन्टिङले के भन्न खोजेका होलान् त ? उनी भन्छन्– ‘यो दुनियाँ रंगिन छ । धेरै मानिस जीवन कटाउन मै खर्च गर्छन् । जीवन कटाउने हो, जीउने हो । मैले यही भन्न खोजिरहेको छु ।’

अर्जुनका अनुसार, उनले २ दशक अगाडि पेन्टिङको काम छाडेका थिए । त्यो भन्दा अगाडि उनी चित्र कोरेर पैसा कमाइरहेका थिए । समय बदलियो । अर्जुनले होडिङबोर्डका लागि फ्लेक्स तयार पार्ने काम सुरु गरे । उनले, कम्पनी, अफिसका साइनबोर्ड तयार पारे ।

अहिले लक डाउनको समयमा उनी पेन्टिङ गरिरहेका छन् । यो उनले व्यवसायिक प्रयोजनका लागि तयार नपारेको बताए । लक डाउन खुलेपछि साथीहरुलाई उपहार दिन्छु, अर्जुनले भने । उनका अनुसार, एउटा चित्र उनी ४ घन्टामा तयार गर्छ्न । अर्जुनले लक डाउन खुलेपछि यसलाई नै व्यवसाय फेरि बनाउने सोच नभएको उनको भनाई छ ।

निर्माता कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ चैत्र २८ गतेबाट रिलिज हुनुपर्ने हो । तर, कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेका कारण चलचित्र निर्धारित मितिमा रिलिज हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment