Comments Add Comment

चितवनमा एम्बुलेन्समा दुई जना भन्दा बढी बस्न नपाइने

जिल्ला प्रशासन कार्यालय चितवन ।

४ वैशाख, चितवन । सरकारले जारी गरेको लकडाउन फिलतो बन्न थालेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।

कार्यालयले बिहीबार एक सूचना जारी गरी अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर ननिस्कन भनेको छ । बिहीबार मध्यरातदेखि बैशाख १५ गते मध्यरातसम्मका लागि लकडाउनमा सञ्चालन गर्न पाउने पसल र चल्न पाउने सवारी साधनबारे नयाँ मापदण्ड सार्वजनिक गरेको छ ।

प्रशासन कार्यालयले औषधिजन्य पसल, पानीमात्र बेच्ने थोक पसल, ग्याँस डिपो, पेट्रोल पम्प, खाद्यान्न बिक्री गर्ने पसल, दाना बेच्ने पसल, डेरी र तरकारी बेच्ने ठेलागाडा, साइकल र पसल बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मात्रै खोल्न निर्देशन दिएको छ ।

सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, मालवाहक सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचयपत्र वाहक स्वास्थ्यकर्मीका सवारी साधनमात्र चल्न पाउने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।

स्वास्थ्यकर्मीले आफ्नो ड्युटी रोस्टर देखाएर मात्र यात्रा गर्न पाउनेछन् । एम्बुलेन्सहरुमा बिरामीको साथमा बढीमा २ जना सहयोगी मात्र रहनुपर्ने सूचनामा उल्लेख छ ।

जिल्लामा सवारी पासका नाममा अत्याधिक सवारी चलाउने गरिएको, साँझपख र विहान सडक र बजारमा भिड लाग्ने, होटल तथा किराना पसल अनावश्यक रुपमा खोल्न थालेपछि प्रशासनले थप कडाई गर्ने नीति लिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment