Comments Add Comment

बिहीबार रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै

उल्का वर्षा के हो ? सक्रिय हुँदा के हुन्छ ?

४ वैशाख, काठमाडौं । बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुने भएको छ । उल्का वर्षा आजबाट सक्रिय भए पनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बिहीबार रातिबाट उल्का वर्षा सक्रिय हुन लागेकाे जानकारी दिए । भट्टराईका अनुसार, याे यस वर्षको पहिलो उल्का वर्षा हाे ।

बिहीबार रातिबाट सुरु हुने वर्षको पहिलो उल्का वर्षा यही महिनाको १८ गतेसम्म सक्रिय रहनेछ । ९ र १० गते राति भने यसकाे उत्कर्ष रूप देख्न सकिने सोसाइटीको प्रक्षेपण छ ।

यसरी हुने उल्का वर्षा दृश्यावलोकन गर्ने गरिन्छ । सोसाइटीका अनुसार,  दृश्यावलोकनका लागि भने ९ र १० गतेको राति ८ः३० बजेकाे समय उपयुक्त देखिएकाे छ ।

वैशाख १० पछि यस वर्षको पहिलो उल्का वर्षाकाे प्रभाव विस्तारै कम हुँदै जाने र १८ पछि यो पूर्णतः निष्क्रिय हुने सोसाइटीका अध्यक्ष भट्टराई बताउँछन् ।

के हो उल्का वर्षा ?

कहिलेकाहीँ राति आकाशमा तारा खसेको देखिन्छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पुच्छ्रेतारानजिक पुग्दा त्यसको कक्ष वरपर धुलोका कण र चट्टान ठोक्किएर जल्दछन् ।

खसोलविदहरूका अनुसार, १० पटकभन्दा बढी पटक हुने यस्ता घटनालाई उल्का वर्षा भनिन्छ । यसका विभिन्न रूप हुन्छन् । वर्षको पहिलोपटक हुने वर्षाको नाम भने वीणा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment