Comments Add Comment

अलपत्र २४ पर्यटकलाई पोखरादेखि काठमाडौं पठाइयो

फाइल तस्वीर

४ वैशाख, काठमाडौं । कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई आज स्थलमार्गबाट काठमाडौं पठाइएको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

उद्धार गरिएका पर्यटकमा फ्रान्सेली १०, बेलायतका सात, अमेरिकी र चिनियाँ दुई-दुई तथा टर्की, स्वीडेन र इटालीका एक–एक जना रहेका छन् । उनीहरुलाई लेकसाइडस्थित बाराहीघाटमा जम्मा गरेर पठाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पर्यटक बसमार्फत उनीहरुलाई राजधानी काठमाडौं पठाइएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख गणेश खनालले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी कार्यालय तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाले अलपत्र पर्यटकको उद्धारमा समन्वय गरेका थिए । फ्रान्सले शुक्रबार विशेष चार्टर्ड विमानमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने तयारी गरिएको बताइन्छ ।

लकडाउन आदेश जारी भएपछि हालसम्म पोखराबाट आठ सय ६८ अलपत्र पर्यटकको उद्धार गरिसकिएको पर्यटक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment