Comments Add Comment

एन्थोनी फाउची : कोरोनाविरुद्ध अमेरिकी युद्धको अनुहार

४ वैशाख, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा अमेरिकाले इटालीलाई पछाडि पारेको छ ।

तर, अमेरिकी उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीकाअनुसार अमेरिकाले कोभिड–१९ रोकथामका लागि पहिलादेखि नै उचित कदम चालेको भए मानिसको जीवन बचाउन सक्थ्यो ।

डा. एन्थोनी व्हाइट हाउसमा कोरोना भाइरससम्बन्धी टास्क फोर्सका प्रमुख अधिकारी हुन् । यही भनाइका कारण अमेरिकामा धेरैले उनको आलोचना गरेका थिए । सामाजिक सञ्जाल ट्विटरमा टाइम टू ३ँष्चभ ँबगअष् कोे ट्रेण्ड नै चलाइएको थियो । ट्रम्पले समेत यो ह्यासट्याग युक्त ट्वीटलाई रिट्वीट गर्दै फाउचीको भनाइप्रति सहमत नभएको स्पष्ट पारेका थिए ।

तर, पछि ह्वाइट हाउसले राष्ट्रपतिको संकेत फाउचीलाई पदबाट हटाउने भएको दाबीलाई अस्वीकार गरेको छ । ह्वाइट हाउसका प्रवक्ताका अनुसार मिडियामा आएका यस्ता कुराहरु सबै बकवास हुन् । उनले भने, ‘डा. फाउची एक विश्वस्त सल्लाहकार हुन् र भोलिका दिनमा पनि रहिरहनेछन् ।’

कोरोनाविरूद्ध युद्धको अनुहार

डा. फाउची अमेरिकाको कोरोना भाइरसविरुद्धको लडाइँको अनुहार बनेका छन् । उनी व्हाइट हाउसबाट दैनिक अद्यावधिक समयमा राष्ट्रपति ट्रम्पसँगै बसिरहेका देखिन्छन् । तर, दुवैले धेरै विषयहरूमा एक अर्काबाट बिल्कुल फरक मत व्यक्त गरिरहेका छन् ।

डा. फाउचीले सीबीएसलाई हालै दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म एक वैज्ञानिक दृष्टिकोण अपनाउँछु, राष्ट्रपति ट्रम्पले पनि आम मानिस जस्तै आशावादी सोच राखेका हुन्छन् ।’

आफ्नै दृष्टिकोणका कारण धेरै पटक फाउची निसानामा परेका छन् ।

एक चिकित्सा अनुसन्धानकर्ताको रूपमा पाँच दशकको करियरमा एन्थोनी फाउचीले आफ्नै पुतला जलाएको देखेका छन् । प्रदर्शनकारीहरुले उनलाई ‘हत्यारा’ भनेर लगाएको नारा पनि उनी आफैँले सुनेका छन् । यहाँसम्मकी उनको कार्यालयको झ्याल बाहिर स्मोक बम समेत प्रहार गरिएको थियो ।

तर, उनी अमेरिकाको सबैभन्दा लोकप्रिय डाक्टरको रूपमा अहिले पनि प्रशंसित छन् । उनी एक यस्तो व्यक्तिको रूपमा देखिएका थिए । जसले अमेरिकालाई जनस्वास्थ्य संकटको सामना गर्न सहयोग पुर्‍यायो, अन्यथा यो अझ गाह्रो हुने थियो ।

महामारीबारे पहिले पनि थियो अनुभव

७९ वर्षीय फाउचीले पहिलो पटक यस्तो चुनौती सामना गरिरहेको छैन । उनी १९८० मा एचआईभी÷एड्स महामारीको बेलामा राष्ट्रिय स्वास्थ्य संस्थानमा इम्युनोलोजीका प्रमुख थिए । अब राष्ट्रपति ट्रम्पले भनेझैँ अमेरिका कोभिड १९ को महामारीलाई रोक्न अमेरिका ‘युद्ध जस्तो राज्य’ मा उभिएको छ, जहाँ डा. फाउची फेरि अग्रणी योद्धा बनेका छन् ।

एक ‘डाक्टर’ को छोरा

१९४० क्रिसमसको दिन ब्रुकलीनको इटालियन आप्रवासी फार्मासिस्ट परिवारमा जन्मेका डा. फाउचीले होली क्रस कलेजको एलुमनी म्याग्जीनलाई २००२ मा भनेका छन्, ‘म मोटरसाइकल चलाउन उमेर आएदेखि नै प्रेस्क्रिप्सन लेख्दैछु ।’

१९६६ मा उनले कर्नेल मेडिकल स्कुलबाट फस्र्ट क्लासको रुपमा ग्राजुएट गरेका थिए । सन् १९८६ मा पोस्टग्रेजुएट प्रशिक्षणपछि उनी युद्धको क्रममा नेसनल स्वास्थ्य संस्थानमा भर्ना भएका थिए ।

उनी भन्छन्, ‘दशकौं पछि उनको करियरमा टर्निङ प्वाइन्ट त्यसबेला आयो, जब एक रिपोर्ट १९८१ जुन ५ मा उसको टेबुलमा पुग्यो । प्रतिवेदनमा लेखिएको थियो एक बिरामी अनौठो निमोनियाले मरे, जुन क्यान्सरका बिरामीहरूमा प्रायः त्यस्तो लक्षण देखिन्थ्यो । त्यसको लगत्तै पछि दोस्रो अर्को रिपोर्ट आयो, जसमा २६ जनाको मृत्युबारे उल्लेख गरिएका थियो जुन सबै समलिंगी थिए ।

डा. फाउचीले भने, ‘मलाई त्यो समयको याद छ जुन समय मैले उक्त रिपोर्ट पढेको थिएँ । मेरो चिकित्सा क्यारियरमा पहिलो पटक मेरो कपाल ठाडो भएको थियो । केही धेरै गलत हुँदै थियो । यो केही नयाँ प्रकारको ब्याक्टेरिया थियो । जुन सेक्सुअली ट्राइमिटेड डिजिजको रुपमा काम गरिरहेको थियो ।

मेडिसिन मानिस र ‘हत्यारा’

डा. फाउचीलाई मानव प्रतिरक्षा प्रणालीको लागि काम गर्ने एक चिकित्सको श्रेय दिइयो । जसले एचआईभी भाइरसले कसरी शरीरको लड्न सक्ने क्षमतालाई बिगार्छ भनेर पहिचान गर्न सहयोग पु¥यायो ।

उनले zidovudine तथा एड्सको उपचार गर्न एन्टिरिट्रो भाइरल औषधिहरूको पहिलो क्लिनिकल परीक्षणको नेतृत्व गरे । सन् १९८० को दशकमा यो संयुक्त राज्यमा महामारी बन्यो । यद्यपि उनी तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन प्रशासनको मौनता र नयाँ औषधिको अभावका कारण आक्रोशित कार्यकर्ताहरू आक्रमणमा आए ।

प्रदर्शनकारीले सरकारी कार्यालय बाहिर पोस्टर बोकेर प्रदर्शन गरेका थिए । पोस्टरमा लेखिएको थियो, “डा. फाउची तपाईंले हामीलाई मार्दै हुनुहुन्छ ।“ टेलिभिजनमा आक्रोशित कार्यकर्ताहरूले उनकोे निन्दा गरिरहेका थिए ।

नाटककार र समलिङ्गी अधिकारकर्मी ल्यारी क्रेमरले उनीविरूद्धमा एउटा नाटक समेत तयार गरेका थिए । डा. फाउचीले  फौचीले २०११ को एक अन्तर्वार्तामा ती दिनहरू सम्झिएका छन्, ‘मलाई याद छ, मैले झ्यालबाट हेरिरहेको थिएँ । मानिसहरूले एनएचआईको आँगनमा उभिएर स्मोक बम फ्याँकिरहेका थिए । पुलिसले उनीहरूलाई पक्रन लागेका थिए, तर मैले त्यसो नगर्न आग्रह गरेँ । ती मानिसहरूलाई मेरो कार्यालयमा ल्याउन आग्रह गरेँ ताकि म उनीहरूसँग कुरा गर्न सक्छु ।’

एड्सबाट पीडितहरूप्रति उनको सहानुभूतिको प्रशंसा भयो, र नयाँ औषधिहरूको लागि क्लिनिकल परीक्षणहरूमा प्रतिबन्ध हटाउन नियामकहरू पनि मनाउने उनको श्रेय थियो । न्युयोर्क टाइम्सले उनको बारेमा लेखेका थियो, ‘सरकारको अग्रणी एड्स सेलिब्रिटी’ । विशेष कुरा अझै पनि उनी आफ्नो अनुसन्धान कार्य आफैँ गर्छन् ।

२००८ मा उनलाई अमेरिकाको सबैभन्दा प्रतिष्ठित नागरिक सम्मान द प्रेसिडेन्सल मेडल अफ फ्रिडम प्रदान गरियो । सन् १९८४ मा उनी राष्ट्रिय स्वास्थ्य संस्थानको एलर्जी र संक्रमण रोग प्रभागका निर्देशक नियुक्त भए ।

उनी अझै पनि त्यही पदमा छन् ।

दोस्रो महामारी

उनले नेतृत्व गरेको अनुसन्धान डिभाइस, एड्सदेखि इबोला र त्यसपछि दमको सबै चीजको बारेमा अध्ययन छ । फाउची अहिलेसम्म छ जना राष्ट्रपतिको सल्लाहकार समेत भइसकेका छन् । उनले जर्ज डब्लु बुसको अमेरिकी सरकारलाई अफ्रिकामा एड्स इनिसिएटिभ सुरू गर्न सहयोग गरेका थिए । अब, ट्रम्पको कार्यकालमा, उनी कोभिड–१९ को प्रकोपबीच एक्सप्लेनर इन चिफको रूपमा जनताका लागि काम गरिरहेका छन् ।

अमेरिकीहरूका लागि उनी ह्वाइट हाउसको पोडियममा खडा एक भरपर्दो व्यक्ति हुन्, जसले अमेरिकी सरकारको चरणहरूको व्याख्या गर्छन्, यसको पछाडि विज्ञानको व्याख्या गर्छन् र कहिलेकाहीँ राष्ट्रपति ट्रम्पको कुराकानीलाई सच्याउँदछन् । जब ट्रम्पले आशावादी दाबी गरे कि यो औषधि चाँडै बनाइने छ, उनले यसलाई सच्याए र यो खोप बनाउन कम्तीमा डेढ वर्ष लाग्ने बताए ।

वर्तमान अमेरिकी नेता ट्रम्प, जो चुनौती दिनेहरूलाई मन पराउँदैनन्, उनले पनि डा. फाउचीको कडा प्रशंसा गर्दै आएका छन् । ट्रम्पले यस अनुसन्धानकर्ता ‘ठूलो टिभी स्टार’ भनेका छन् । यद्यपि अमेरिकी पर्यवेक्षकहरू भन्छन्, ‘राष्ट्रपतिको दाबीलाई सच्याउने बानीका कारण ह्वाइट हाउससँग काम गर्न केही कठिनाई छ ।’

डा. फाउचीले विज्ञान पत्रिकालाई दिएको अन्तर्वार्ता धेरै नै सेयर गरिएको छ । जसमा उनीहरूले यसो भनिरहेका छन्, ‘जहाँसम्म जनतालाई सही जानकारी दिने कुरा छ, म सक्दो प्रयास गर्दैछु। तर म असम्भव कुरा गर्न सक्दिन । म माइकको अगाडि उफ्रेर र उनलाई (राष्ट्रपति ट्रम्प) धकेल्दै तल झार्न सक्दिन । ठिक छ, उनले भनिदिए, अर्को चोटी हामी यसलाई सुल्झाउने प्रयास गर्नेछौँ ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment