Comments Add Comment

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

५ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।

अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।

अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो ।

अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख जना बेरोजगार भएका भएका थिए । त्यसयता ६६ लाख जनाको जागिर गुम्यो ।

यस महिनाको अन्तसम्ममा अमेरिकामा बेरोजगारीको दर २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment