+
+
Shares

विदेशमा रहेका नेपालीबारे चनाखो रहन सरकारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १५:०५
भारतको धार्चुलास्थित आश्रयस्थलमा राखिएका नेपाली ।

५ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा रहेका नेपालीहरू जुनसुकै बेला समस्यामा पर्न सक्ने भन्दै चनाखो रहन सरकारलाई आग्रह गरेको छ ।

समिति सभापति पवित्रा निरौला खरेलले विज्ञप्ति निकालेर कोरोना भाइरस संक्रमणका कारण रोजगारी, शिक्षालगायतका लागि विदेश गएका नेपालीलाई पर्नसक्ने समस्याप्रति सम्बन्धित देशमा राजदूतावासमार्फत चनाखो रहन सरकारलाई आग्रह गरेकी हुन्।

‘भोलि आपतकालीन स्थिति आइलाग्दैन भन्न सकिँदैन । त्यसकारण दूतावासहरुलाई चनाखो बनाउन, समस्या भएको खण्डमा नेपालीका लागि औषधि र खानाको व्यवस्थाका लागि पूर्व तयारी गर्न भनेका हौँ’ उनले भनेकी छन् ।

विदेशमा रहेका नेपालीलाई फर्काउँदा भने संक्रमण फैलिने त्रास हुने उनको भनाइ छ ।

सभापति खरेलले नेपालको दक्षिण सीमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई परेको समस्या समाधान गर्न र दक्षिणतर्फको सीमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रवन्ध मिलाउन पनि आग्रह गरेकी छन् ।

अहिलेको असहज परिस्थितिमा तत्काल संसदीय समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले समिति सदस्यहरुसँग टेलिफोनमा कुराकानी गरेर सरकारको ध्यानाकर्षण गरेको सभापति खरेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?