६ वैशाख, काठमाडौं । यही वैशाख अन्तिममा आयोजना गर्ने तयारी रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको कोभिड-१९ महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।
लिग वैशाख २५ देखि जेठ १ सम्म हुने तय भएको थियो । एनभीएले यो कठिन समयमा सबै भलिबल स्टेक होल्डरसँग छलफल गरिरहेको जनाएको छ ।
गत माघका काठमाडौंमा भएको पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष र छ महिला टोलीले पाँचौं राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय थियो ।
उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलातर्फ विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो ।
यस्तै, एनभीएले कोभिड-१९ का कारण विभिन्न मिटिङ, साधारण सभा र अन्तर्राष्ट्रिय भलिबल क्यालेन्डर सेप्टेम्बरसम्म स्थगित भएको जनाएको छ ।
प्रतिक्रिया 4