+
+
Shares

‘बल्छी धुर्बे’ले गरे सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते १४:१७

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे ’ले एक मजदुर परिवारलाई सहयोग गरेका छन् । उनले विगत १० वर्षदेखि काठमाडौंमा ज्याला मजदुरी गर्दै आइरहेका परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

शुक्रबार उनै मजदुर बस्ने वनस्थलीको डेरासम्म पुगेर बल्छीले दैनिक उपभोग्य खाद्यान्न सहयोग गरेको बताए । उनले भने, ‘उहाँ मैले फुटसल बनाउँदा मेरोमा काम गर्न आउनु भएको थियो । अहिले काम रोकिएकाले उहाँहरुलाई समस्या परिरहेको बुझेँ । त्यसैले केही सहयोग गरेको हुँ ।’

उक्त मजदुर परिवारमा चार जना सदस्य रहेका छन् । दुई सन्तान र प्यारालाइज भएकी श्रीमतीसँग बस्दै आएका मधुधन राई एक्लैले परिवार धानिरहेका थिए । तर, अहिले काम रोकिएपछि उनलाई संकट आइपरेको थियो ।

बल्छीले जबसम्म लकडाउन खुल्दैन तबसम्म उनीहरूको सम्पूर्ण खर्च हेरिदिने बताए । उनले भने, ‘यो लकडाउन दुई महिना होस् वा १ वर्ष नै होस्, उहाँहरुको आयश्रोत नखुलेसम्म मैले उहाँहरूलाई सहयोग गर्नेछु ।’

बल्छीको सहयोगले राई परिवार निकै खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?