
६ वैशाख, कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पाँच जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट फर्किएका लम्कीचुहा नगरपालिका १ का २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए ।
भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचारत थिए ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत अरु चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर र ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको हो ।
यसअघि दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया 4