Comments Add Comment

काठमाडौंका ४६४ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

६ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएहरुको सम्पर्कमा रहेकाहरूको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षणलाई तीव्रता दिएको छ ।

शनिबारसम्म महानगरका विभिन्न ८ वडाका चार सय ६४ जनाको र्‍यापिड टेस्ट गरिएको सहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए । ती सबैको नतिजा नेगेटिभ आएको उनले बताए ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जनाको सम्पर्कमा पुगेका काठमाडौँ महानगरपालिका-५ का ३९ जनाको र्‍यापिड टेस्ट विधिबाट गरिएको छ।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख बज्राचार्यका अनुसार शनिबारमात्र विभिन्न ८ वडाका ७८ जनाको टेस्ट गरिएको छ । यी सबै जनाको रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए । उनले वडा नम्बर १२, १३ र १४ मा आइतबार परीक्षण गर्ने बताए ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना संक्रमणको शंका लागेकाहरुको आरडीटी विधिबाट परीक्षण गरेको बताए । उनले विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरिरहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment