+
+

नेविसंघको स्थापना दिवसमा विद्यार्थीलाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते १७:३५

६ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न कार्यक्रम गरी देशैभर ५१ औं स्थापना दिवस मनाएको छ ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेकोले नेविसंघले भेला र सभा नगरी राहत वितरण, रक्तदान, अलपत्र परेका मजदुरको उद्धार गरी स्थापना दिवस मनाएको हो ।

दिवसका अवसरमा शनिबार काठमाडौंलगायत ७७ जिल्लामा राहत वितरण र रक्तदान कार्यक्रम गरिएको र केही ठाउँमा अपलपत्र परेका मजदुरलाई खाना खुवाइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यकामा पनि लकडाउनका कारण अप्ठेरोमा परेका विद्यार्थीलाई राहत वितरण गरिएको उनले बताए । यहाँको कोटेश्वर र सानोठिमी क्याम्पसलगायतमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?