
६ वैशाख, गोरखा । र्यापिड टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएकी पालुङटार नगरपालिकाकी ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो ।
एन्टिवडी पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।
शनिबार आएको रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको उनले जानकारी दिए । ती महिला चैत ३ गते जापानबाट फर्किएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4