
तपाईं यतिबेला कसरी बसिरहनुभएको छ ? अर्थात तपाईंको बसाईको आसन कस्तो छ ?
केही झुक्नुभएको होला वा कतै कोल्टो पर्नुभएको होला ।
तपाईं केही काम गरिरहनुभएको होला । तपाईंको काम गर्ने तरिका कस्तो छ ? कति समयसम्म एकोहोरो एउटै काममा लाग्नुहुन्छ ?
तपाईंले लगाउनुभएको लुगा कस्तो छ ख्याल गर्नुहोस् त । अलि राम्ररी ध्यान दिनुभयो भने केही असहज पो पाउनुहुनेछ कि ?
यतिबेला तपाईं केही खाइरहनुभएको छ ? तपाईंको खाने शैली कस्तो छ ? कति हतारमा खानुहुन्छ वा लापरवाही ढंगले खानुहुन्छ ?
वास्तवमा यी सामान्य कुरा हुन्, जो हामी दैनिक जीवनमा गर्छौं । अर्थात बस्नु, काम गर्नु, खानु, लुगा लगाउनु । तर, यही सामान्य काममा पनि हामी कतिपय गल्ती कमजोरी गरिरहेका हुन्छौं, जसको दीर्घकलिन असर हाम्रो स्वास्थ्यमा पर्छ ।
कसिलो लुगा
तपाईं हामी आफुलाई छरितो देखाउन कसिलो लुगा लगाउने गर्छौं । कसिलो लुगाले छाला र रक्त संचारमा भने असर पु¥याइरहेको हुन्छ । यसैगरी हामीले कसिलो बेल्ट बाँध्दा पनि त्यसको नकारात्मक असर पेटमा पर्छ । यसबाट एसिडिटी वा कब्जियतको समस्या उत्पन्न हुन सक्छ ।
झुकेर बस्नु
घन्टौंसम्म तल निहुरिएर काम गर्ने बानीले शरीरलाई हानी गर्छ । यसबाट मांशपेशीमा दवाव पर्ने हुनाले गर्दन, कम्मर र काँधमा दुखाई हुन सक्छ ।
ओछ्यानबाट जुरुक्कै उठ्नु
बिहान ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘रिल्याक्स्ड’ अवस्थामा हुन्छ । एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भने रक्तसञ्चार बढ्छ भने मांशपेसीमा दवाव बढ्न सक्छ । त्यसैले ओछ्यानबाट उठ्नुभन्दा अगाडि शरीरलाई राम्ररी तन्काउनुपर्छ ।
मसालायुक्त खाना
दिनभर केही न केही मसलादार खानेकुरा खाइरहँदा पेटभित्र एसिडको मात्रा बढ्छ । यस्तोमा एसिडिटीको समस्या हुन सक्छ ।
उपरखुट्टी लगाएर बस्नु
लामो समयसम्म उपरखुट्टी लगाएर बस्नाले खुट्टामा सही तरिकाले रक्तसञ्चार हुन सक्दैन । यस्तोमा रगत खुट्टातर्फ नगएर मुटुमा फिर्ता आउन सक्छ र यसले मुटुलाई हानी पु¥याउँछ ।
पेट थिचेर सुत्नु
पेट थिचेर सुत्दा शरीर आफ्नो स्वभाविक आकारमा रहँदैन । साथै शरीरमा रक्तसञ्चार सरलरुपमा हुन सक्दैन । यस्तोमा टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने वा मांशपेसी दुख्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।
प्रतिक्रिया 4