+
+
Shares

जनकपुरमा पैसा फालेको घटना : गलत नियत नदेखिएको प्रहरीको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १२:४२

७ वैशाख, काठमाडौं । जनकपुर उपमहानगर-६, महावीर चोकमा शुक्रबार १० रुपैयाँको १५ वटा नोट देखियो । केहीअघि दुई जना मुस्लिम महिलाले पैसाको बिटो बोकेर हिँडेको देखेका स्थानीयले पैसाबाट कोरोना भाइरस फैलाउन खोजेको आशंका गरे ।

क्लोज सर्किट क्यामरा (सीसीटीभी) का आधारमा उनीहरू आमुना खातुन र अलिना खातुन भएको खुल्यो । प्रहरीले यी  नन्दभाउजूलाई नियन्त्रणमा लियो भने नोटलाई परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधानमा पनि पठाएको छ ।

तर, अनुसन्धानका क्रममा घटना चर्चा भएजति गम्भीर नभएको पाइएको प्रहरीले जनाएको छ । महिलाहरूले भुलवश नोट खसालेको प्रारम्भिक निष्कर्ष प्रहरीले  निकालेको छ ।

धनुषा प्रहरी स्रोतका अनुसार खातुनद्वयले श्रीमानले विदेशबाट पठाएको पैसा निकालेर फर्किँदा पैसा झरेको बयान दिएका छन् । ‘उहाँहरूले एक लाख रुपैयाँ निकालेर ल्याउनुभएको रहेछ । त्यसपछि एक हजारचाहिँ काउन्टरमै १०/१० रुपैयाँको नोट साट्नु भएछ’, धनुषाका एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘दश रुपैयाँको नोटचाहिँ लिएर फर्किँदा बाटोमा झरेको रहेछ ।’

धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले घटना अनुसन्धानकै क्रममा रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामी आज प्रेस विज्ञप्ति जारी गरेर घटनाबारे थप कुरा बताउँछौँ ।’ र्‍यापिड परीक्षणमा पोजेटिभ देखिएकाले खातुनद्वयलाई जनकपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरूको पीसीआर परीक्षण पनि गरिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । पीसीआरको रिपोर्ट आइसकेपछि र्‍यापिड परीक्षणमा समस्या देखिएकाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु गरिसकिएको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?