Comments Add Comment

जमातीका कारण बदनाम हुनुपरेको भन्दै मुस्लिम आयोगमा सर्वपक्षीय बैठक

७ वैशाख,काठमाडौं । उदपपुर र पर्साका मस्जिदमा बसेका जमातीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कतिपय ठाउँमा मुस्लिम समुदायमाथिनै आरोप आउन थालेपछि राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने भएको छ ।

मुस्लिम आयोगले आइतबार सर्वपक्षीय बैठक राखेको छ । अध्यक्ष समिम मिया अन्सारीका अनुसार बैठकमा सबै राजनीतिक दल आबद्ध मुस्लिम संगठनका नेता,नेपालका जमाती प्रमुख, मुस्लिम सांसद र अगुवाहरुलाई बोलाइएको छ । आयोगको कार्यालयमा बैठक बसिरहेको छ ।

विदेशी जमातीका कारण नेपालका मुस्लिम समुदायलाई मधेशका कतिपय ठाउँमा अप्ठेरो पर्न थालेपछि राखिएको अन्सारीले बताए । नेपालमा आएर बसेका जमातीलाई सम्बन्धित देशसँग कुरा गरेर सरकारले पठाउनुपर्ने अन्सारीको भनाइ छ ।

सर्वपक्षीय बैठकपछि मुस्लिम बसोबास रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मस्जिद र मदरसाहरको अनुगमन गरी अहिले लगाइएको आरोपको खण्डन गरिने उनले बताए । यसका साथै आयोगले मुस्लिम समुदायलाई कोरोना संक्रमणका बारेमा सचेत समेत गराउने भएको छ ।

अन्सारीले भने ‘विदेशी जमातीका कारण हामी नेपाली मुस्लिमहरु अपमानित हुनुपर्ने कारण छैन । कुनै पनि मस्जिद र मदरसामा जमातीलाई लुकाइएको छैन । उनीहरु लकडाउनका कारण रोकिएका होलान्, सरकारलाई सम्बन्धित देशसँग समन्वय गरेर फर्काउन आग्रह गर्छौं । नेपाली मुस्लिम सरकारका सबै निर्णय मान्न तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment