+
+
Shares

कोरोना परीक्षणको ‘क्रस भेरिफिकेसन’ अब नेपालगञ्ज र धरानमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १६:४८

७ वैशाख, काठमाडौं । विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुन: परीक्षण (क्रस भेरिफिकेसन) अब नेपालगञ्ज र धरानमा पनि हुने भएको छ।

यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र ‘क्रस भेरिफिकेसन’ हुने गरेको थियो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार नेपालगञ्ज स्थित भेरी अस्पतालमा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको थियो । साथै भेरी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिफिकेसन’ गर्न दिइने भएको छ ।

यसले कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?