+
+

धादिङमा जिप दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते २०:४७

७ वैशाख, धादिङ । जिल्लाको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ ।

मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४, खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । जिप सडकबाट एक सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?