Comments Add Comment

तपाईंलाई पनि कोरोनासम्बन्धी इमेल आउँछ ? साइबर अपराधीको जालोमा पर्नुहोला !

कोरोनाको कहरमा फर्जी इमेलको बाढी, दैनिक १० करोडलाई ब्लक गर्दै जिमेल

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिरहेको बेला अरूलाई ठगेर आफ्नो उद्देश्य पूरा गर्ने गिरोह सल्बलाइहेको छ । इन्टरनेटमा सजिलो शिकारको खोजीमा रहेको यो गिरोहले कोरोनाको महामारीको बारेमा जिमेल प्रयोगकर्तालाई हरेक दिन एक करोड ८० लाख इमेल पठाइरहेको पाइएको छ ।

प्राविधिक कम्पनी गुगलले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारीको बेला विश्वभर ‘फिसिङ अट्याक’को बाढी नै आइरहेको छ । ‘फिसिङ’ इन्टरनेटमा ठग्ने त्यो तरिका हो, जसमा अपराधीले इमेलमार्फत् प्रयोगकर्तालाई प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेल जस्ता व्यक्तिगत जानकारी लिने गर्छ ।

गुगलका अनुसार उसले यस्तै १० करोड फिसिङ इमेल हरेक दिन ब्लक गरिरहेको छ । विश्वभर जिमेल प्रयोगकर्ता डेढ अर्ब रहेको बताइन्छ ।

अपराधीहरूले जिमेल प्रयोगकर्तालाई विभिन्न प्रकारका इमेल पठाएका हुन्छन् । त्यसमा केही इमेल विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको नामबाट पठाइएको हुन्छ र कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साइन्छ वा बहाना बनाएर चन्दा मागिन्छ । साइबर अपराधीहरूले केही दिनयता सरकारी संस्थाको नामबाट पनि फाइदा उठाउने कोसिस गरिरहेका छन् ।

ठग्ने उद्देश्यले पठाइएका ९९ दशमलव ९ प्रतिशत इमेललाई आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत् ब्लक गरिरहेको गुगलले दाबी गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरूले पनि कोरोना भाइरसको नाममा पठाइएका ‘फिसिङ इमेल’मा निगरानी गरिरहेको जनाएका छन् ।

साइबर सुरक्षासम्बन्धी एक जना शोधकर्ता स्कट हेल्मले बीबीसीसँग भनेका छन्, ‘अहिले कोरोना भाइरसको मुद्दा निकै भावनात्मक भएको छ । साइबर अपराधीहरूले यो कुरा बुझेका छन् । आफूले पठाएको इमेलको लिंकमा प्रयोगकर्ताले क्लिक गर्ने सम्भावना बढी हुन्छ भन्ने कुरामा उनीहरू विश्वस्त छन् ।’

नक्कली वेबसाइट र मोबाइल एप्स

अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको जानकारी दिने नाममा नक्कली वेबसाइट र मोबाइल एप्स बनाइएको पनि पत्ता लगाएका छन् । यस्तै बदनियतपूर्वक बनाइएको एक एन्ड्रोइड एपले कोरोना भाइरसको फैलावटलाई ट्रयाक गर्न मद्दत पुग्ने दाबी गरिएको छ ।

वास्तवमा यस्तो एप मोबाइलमा डाउनलोड गर्दा रेन समवेयर (सूचना चोर्ने उद्देश्यले बनाइएको प्रोग्राम) को शिकार हुन्छ मोबाइल। त्यसपछि मोबाइल पहिलेकै स्थितिमा ल्याउन चाहने भए प्रयोगकर्तासँग पैसा मागिन्छ ।

हालै ब्रिटेनको एजेन्सी नेशनल साइबर सेक्युरिटी सेन्टर र अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले संयुक्त सूचना जारी गरेका थिए । सो सूचनामा लेखिएको छ, ‘साइबर हमलाको संख्या बढेको छ र अपराधीहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि कोभिड १९ को फाइदा उठाइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment