Comments Add Comment

सन्तुलित भोजन : कुन खानेकुरामा कस्तो पोषक तत्व ?

सामान्यतः खानपान र त्यसको पोषक तत्वबारे जानकारी भएमा सन्तुलित खाना तयार गर्न सकिन्छ । हामले एकैथरी खानेकुरा बढी खाएमा विकार बन्छ । किनभने शरीरका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । अतः धेरैजसो पोषक तत्व हामीले खानेकुराबाट प्राप्त गर्छौं ।

हाम्रो शरीरलाई भिटामिन, खनिज र फाइटोकेमिकल्स जस्ता केहि पोषक तत्वको आवश्यक हुन्छ, जसले अंग र प्रणालीको कार्यसंचालन गराउन सहयोग गर्छ । यी पोषक तत्वले हाम्रो शरीरलाई हानिकारक रोग पैदा गर्ने र पर्यवरणमा रहेको विषाक्त पदार्थको प्रभावबाट बचाउँछ । उचित पोषणले स्वास्थ्य राम्रो हुन्छ ।

अन्न– मटर, दाल, सिमी आदिमा उचित मात्रामा प्रोटिन पाइन्छ । गहँ, जौं, मकैं, चामल आदिमा कार्बोहाइड्रेट पाइन्छ । जौ, गहुँ, मकै, ब्राउन राइस आदिमा फाइबर पनि हुन्छ ।

सब्जी–मटर, पालक, च्याउ, फूलगोभी आदि सब्जी प्रोटिनको राम्रो श्रोत हो । आलु र जरा भएको सब्जीमा उचित मात्रामा कार्बोहाइड्रेट पाइन्छ । हरियो मटर, ब्रोकाउली, मूला, बन्दा गोभी आदिमा फाइबर पाइन्छ ।

फल– केरा, स्याउ, आरु आदि फलमा प्रोटिन पाइन्छ । केरा, आरु जस्ता फलमा कार्बोहाइड्रेट पाइन्छ । स्याउ, नासपति जस्ता फलमा फाइबर पाइन्छ ।

तेल– सरस्र्युको तेल, जैतुनको तेल, सोयाबिन तेल, सूर्यमुखी तेल आदिमा वोसो अधिक मात्रामा पाइन्छ ।

शरीरलाई आवश्यक पोषक तत्व

हाम्रो शरीरका लागि पाँच प्रकारको पोषक तत्व आवश्यक हुन्छ, प्रोटीन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन एवं मिनरल्स र फाइबर ।

प्रोटिन

प्रोटीनमा एमिनो एसिड हुन्छ, जो शरीरमा उर्जा बनाउन सहयोग गर्छ । हाम्रो शरीरमा २० प्रकारको एमिनो एसिड हुन्छ, जो शरीरको उचित कार्यप्रणालीका लागि आवश्यक हुन्छ । यसमा १२ एमिनो एसिडको निर्माण शरीरमा हुन्छ, बा“की एमिनो एसिड खानेकुराबाट प्राप्त हुन्छ ।

फ्याट

फ्याट अर्थात बोसोले आफ्नो विभिन्न कार्य पुरा गर्नका लागि शरीरलाई उर्जा दिन्छ । हाम्रो शरीरमा पोषक तत्व एक ठाउ“बाट अर्को ठाउ“मा लाने काम पनि बोसोले गर्छ । मूख्यत फ्याटी एसिड दुई प्रकारको हुन्छ, ओमेगा ३ फ्याटी एसिड र ओमेगा ६ फ्याटी एसिड ।

फाइबर

हाम्रो शरीरमा फाइबर पच्दैन । तर, फाइबरले पाचन यन्त्रलाइृ चुस्त बनाउ“छ । यसले कब्जियतबाट छुटकारा दिन्छ ।

भिटामिन र मिनरल्स

पाचन प्रक्रियालाई नियमित एवं शरीरको उचित विकासका लागि भिटामिन र खनिजको थोरै मात्रामा आवश्यक हुन्छ । यसैले हामीले आफ्नो आहारमा भिटामिन र खनिज पनि सेवन गर्नुपर्छ । यी पोषक तत्व अनज, सब्जी र तेलको माध्यामबाट मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment