+

कुन उमेरदेखि बच्चालाई फाइबरयुक्त खानेकुरा दिनुपर्छ ?

२०८३ असार  २३ गते १४:२१ २०८३ असार २३ गते १४:२१
कुन उमेरदेखि बच्चालाई फाइबरयुक्त खानेकुरा दिनुपर्छ ?

बालबालिकालाई बलियो र स्वस्थ बनाउन प्राय अभिभावकले प्रोटिन तथा अन्य पौष्टिक तत्त्व भएका खानेकुरामा जोड गर्छन् । फाइबर खान दिनुपर्नेमा प्रायः बेवास्ता गरिन्छ । तर बच्चालाई पनि फाइबरको आवश्यकता पर्छ ।

फाइबरले पाचन सुधार गर्छ । कब्जियत हुन दिँदैन । खानेकुरामा फाइबर भएन भने थुप्रै बालबालिकालाई समयमा दिसा नलाग्ने, दिसा गर्न कठिन हुने जस्ता समस्या देखिन्छ । यसले थप स्वास्थ्य समस्याहरू निम्त्याउँछ ।

कुन उमेरदेखि बच्चालाई फाइबारयुक्त खाना चाहिन्छ ?

बच्चालाई ६ महिनाको उमेरदेखि नै फाइबरयुक्त खानेकुरा दिनु आवश्यक हुन्छ । ६ महिना पुगेपछि बच्चालाई आमा दूधको साथमा थप ठोस खानेकुरा दिन सकिन्छ । यही समयदेखि नै उनीहरूको आहारमा फाइबर समावेश गर्नुपर्छ ।

उमेर अनुसार फाइबर दिने तरिका

६ देखि १२ महिना सम्म

यो समयमा बच्चाको पाचन प्रणाली विकास हुँदै गरेको हुन्छ । फाइबरका लागि मिचेको वा मसिनो बनाइएका खानेकुरा दिनुपर्छ र । ओट्सको लिटो, राम्ररी पकाएर मिचेको दाल, पाकेको केरा, र उसिनेको स्याउ आदिलाई मसिनो बनाएर खान दिनुपर्छ ।

१ वर्ष वा सोभन्दा माथि

यो उमेरपछि बच्चाहरूले अलि चपाएर खान सक्छन् । उनीहरूलाई नरम गरी पकाएको तरकारी, गेडागुडी, र साना टुक्रा पारिएका फलफूलहरू दिन सकिन्छ । २ वर्ष वा सो भन्दा बढी भएपछि बच्चाले सामान्यतया सबैखाने खानेकुरा खान सक्छन् । उनीहरूको अवस्था अनुसार मात्रा मिलाएर फाइबारयुक्त खाना दिनुपर्छ ।

बच्चाको उमेरअनुसार त्यसमा ५ थपेर सोही अनुसार ग्राममा फाइबरको आवश्यकता पर्छ भनिन्छ । उदाहरणका लागि: २ वर्षको बच्चा छ भने उसलाई दैनिक ७ ग्राम फाइबर चाहिन्छ । ५ वर्षको छ भने १० ग्राम र १० वर्षको छ भने १५ ग्राम फाइबर आवश्यक पर्छ ।

ध्यान दिनुपर्ने कुरा

बच्चाको खानामा एक्कासी धेरै मात्रामा फाइबर समावेश गर्नुहुँदैन । यसले अपच हुने, ग्यास भरिने, पेट फुल्ने जस्ता समस्या निम्त्याउन सक्छ । उमेर अनुसार बिस्तारै फाइबरको मात्रा बढाउँदै लैजानुपर्छ ।

पर्याप्त पानी पिलाउने

फाइबरले राम्ररी काम गर्न शरीरमा पानीको आवश्यकता पर्छ । त्यसैले बच्चालाई ठोस खानेकुरासँगै आवश्यकता अनुसार पानी पनि खुवाउनुपर्छ।

फाइबरका लागि बालबालिकालाई के-के खान दिने ?

–सिजनअनुसारका ताजा फलफूल

–कांक्रो, गाँजर जस्ता सलादको रूपमा प्रयोग गर्ने खानेकुरा

–गोलभेडा, दाल, गेडागुडी, बदाम फाइबरका राम्रा स्रोत हुन् ।

–घरमै बनाइएको तरकारी, अंकुरित गेडागुडीबाट बनाइएका परिकार ।

–ताजा अन्नहरूबाट तयार पारेका खानेकुराहरू ।

आहार खाना पोषण फाइबर बालकालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय