Comments Add Comment

रकम विवादमा छोराले कुटपिट गर्दा बाबुको मृत्यु

८ वैशाख, जनकपुरधाम । धनुषाको शहीद नगरपालिकामा एक युवक आफ्नै बाबुको हत्या आरोपमा पक्राउ परेका छन् ।

रकमसम्बन्धी बादविवादमा शहीद नगरपालिका ९ बिर्ताका ५५ वर्षका सौखी सदालाई छोरा २९ वर्षका नथुनी सदाले घरेलु हतियारले हिर्काउँदा आइतबार राति मृत्यु भएको हो ।

नथुनीले बाबुसँग रकम मागेका थिए, त्यसै विषयमा विवाद हुँदा नथुनीले माटो खन्नले खन्तीले बाबुलाई हिर्काएका प्रहरीले बताएको छ ।

हत्या गरेर फरार भएका नथुनीलाई सोमबार बिहान ४ बजेतिर गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment