Comments Add Comment

चुपचाप अनमोल

नायक अनमोल केसी चलचित्र रिलिजको समयमा भन्दा अरु समयमा खासै बाहिर देखिने कलाकार होइनन् । रिजर्भ बस्न उनीबाट अरु कसैले सिकुन ।

तर, कहिलेकाही समय यस्तो पनि आउँछ, जतिबेला कलाकारको आवश्यकता उसका दर्शकलाई र देशलाई नै पर्छ । उसँग काम गर्ने चलचित्रकर्मीलाई नै पर्छ । त्यो बेला मौन बस्नु गलत पनि हुन सक्छ ।

अहिले विश्व नै कोरोना सन्त्रासका कारण समस्यामा छन् । नेपाल लकडाउन भएको एक महिना हुन लाग्यो । यो अवस्थामा मानिसको जीवन कष्टकर पनि बन्दै गएको छ ।

चलचित्र क्षेत्रका विपन्न प्राविधिकहरुलाई केही कलाकारले सहयोग पनि गरिरहेका छन् । यो सहयोग उनीहरुका लागि अझै आवश्यक छ ।

अनमोल अहिलेका सर्वाधिक चर्चित कलाकार हुन् । उनीबाट चलचित्र क्षेत्रले अझै ठूलो अपेक्षा यो बेलामा गर्न सक्छ । तर, अनमोल यो समयमा मौन छन् ।

उनी, सामाजिक संजालमा पनि खासै सक्रिय छैनन् । चलचित्र क्षेत्र र उनका दर्शकले यो समय उनीबाट धेरै अपेक्षा गरेका छन् । त्यसैले, ‘मेगास्टार’को उपनाम पाएका यी नायक यो समयमा चुपचाप रहनु सही होला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment