Comments Add Comment

११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

८ वैशाख, काठमाडौं । काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्को उडेको छ ।

रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे १० बजे काठमाडौं अवतरण गरेको जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो ।

नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनका कारण नेपालमै फसेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को लागेको हो ।

युरोप र अमेरिकाका धेरै मुलुकले नेपालबाट आफ्नो नागरिक फिर्ता लगिसकेका छन् । लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन् ।
तस्वीरहरू: आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment