 
																			१२ वैशाख, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।
उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् ।
त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत् थिए ।
हाल काठमाडौं प्रहरी प्रमुख रहेका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाको डीआईजीमा बढुवा भएको छ ।
सुवेदी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएका छन् भने थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4