Comments Add Comment

नागरिकको रोजगारी रक्षा गर्न आप्रवासी रोक्ने ट्रम्पको घोषणा

९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले यसबारे एक ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर यस्तो निर्णय लिइएको उल्लेख गरेका छन् ।

यद्यपि, उनले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्नेबारे भने केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि प्रष्ट पारिएको छैन ।

कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति पनि भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment