Comments Add Comment

भारतमा कोरोना : ५९० को मृत्यु, १८ हजारभन्दा बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १८ हजार ६ सय एक पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । साथै, एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७४, गुजरातमा ७१, दिल्लीमा ४७ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार एक सय ८४ पुगेको छ भने १८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय १३ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा तीन हजार दुई सय ५२ संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment