Comments Add Comment

डिज्नीका एक लाख कर्मचारीको तलब रोकियो

काठमाडौं । अमेरिकाको द वाल्ट डिज्नी कम्पनीले आफ्ना एक लाख कर्मचारीको तलब रोकेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण व्यवसाय समस्यामा परेसँगै डिज्नीले यो साता कर्मचारीहरुको तलब रोक्ने निर्णय गरेको हो । अहिले तलब रोकिएका कर्मचारीको संख्या कम्पनीको समग्र जनशक्तिको करिब आधा हो ।

विश्वको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनीले तलबको कटौतीबाट ५० करोड डलर बचाउने फाइनान्सियल टाइम्सले बताएको छ । बेतलबी बिदामा रहेका कर्मचारीहरुले पनि पूरै स्वास्थ्य स्याहार सुविधा भने पाउनेछन् । अमेरिकामा रहेका आफ्ना कर्मचारीहरुलाई भने उसले सरकारी सुविधाको लागि आवेदन दिन आग्रह गरेको छ । कोरोना भाइरसको महामारीपछि अमेरिकामा २ करोडभन्दा धेरैले सरकारी सुविधाको लागि आवेदन दिइसकेका छन् ।

डिज्नीको सबैभन्दा धेरै आम्दानी हुने डिज्नील्याण्ड पेरिस लगायत पार्कहरु केही सातादेखि बन्द छन् । गत महिना कम्पनीका कार्यकारी अध्यक्ष बब एगरले कोरोना भाइरसको महामारीको कारण तलब नलिने बताएका थिए । प्रमुख कार्यकारी बब चपकले आधामात्र तलब लिने घोषणा गरेका थिए ।

स्रोत : डेलिमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment